वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको हो ।
संसद्मा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको लोसपाका एक नेताले जानकारी दिए ।
निर्वाचनमासमेत चुनावी तालमेलका गरेको लोसपा सरकारमा आउन इच्छुक भएपछि देउवाले ठाकुरलाई बोलाएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।
यसअघि देउवाले आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij