Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फोहर व्यवस्थापनमा कुनै समस्या छैन् : कामपा

फोहर व्यवस्थापनमा कुनै समस्या छैन् : कामपा

  • 326
    SHARES
  • फोहर व्यवस्थापनमा कुनै समस्या छैन् : कामपा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ ।

    महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् ।

    मानन्धरले भने, ‘फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन् । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।’

    प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

    तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिव दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij