Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राजेन्द्र लिङ्देनको थप शपथ–भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु

राजेन्द्र लिङ्देनको थप शपथ–भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु

  • 281
    SHARES
  • राजेन्द्र लिङ्देनको थप शपथ–भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का ज्येष्ठ सदस्य पशुपतिशम्शे जबराले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ सम्बन्धित् व्यवहोराअनुसार सांसद्हरूले शपथ ग्रहण गरेका छन् ।

    तर त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् । उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरामा शपथ लिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    raje.jpg

    aa.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij