Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम

उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम

  • 382
    SHARES
  • उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम

    सुनसरी । प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएपछि विवादमा आएका मेयर हर्क साम्पाङलाई अदालतले अंकुश लगाएको छ। जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।

    डिभिजन वन अधिकृत भिमबहादुर कालिकोटेले मंसिर २९ गते मेयर साम्पाङ र उपमहानगरपालिकाविरुद्ध उत्प्रेषणयुक्त परमादेशको माग गर्दे मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा बुधबार न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो।  

    अदालतको यो आदेशसँगै धरानको वडा नं २० स्थित नमुना टोलमा जारी रहेको साबुन उद्योगको काम रोक्नुपर्ने भएको छ। मेयर साम्पाङले माया धराने साबुन उत्पादन गर्ने भन्दै त्यहाँ शिलान्याससमेत गरेका थिए भने डोजरले जग्गा सम्याएर गिट्टी कुट्न श्रमदान कार्य भइरहेको थियो। अदालतको आदेश आएपछि बिहिबार बिहान मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा ‘वन विभाग र राजनीतिक दल धरानको उत्पादन र रोजगारी रोक्न लागेको’ भन्दै प्रतिक्रिया दिएका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij