वेबटिभी खबर
काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मनहरी गाउँपालिका-९ खरंगामा बुधबार बाटो पार गर्दै गरेकी भोजपुरकी ४५ वर्षीया सीता मिजारको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
काँकडभिट्टाबाट स्याङ्जाका लागि छुटेको बसबाट ओर्लिएर चिया पसलमा जाँदै गरेकी मिजारलाई झापाबाट पोखराका लागि छुटेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो ।
हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij