Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

  • 535
    SHARES
  • सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

    सर्लाही । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्री गरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन् ।

    उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।

    हरिवनमा रहेको इन्दुशंकर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।

    जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।

    उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा सात सय पाँच कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

    उनका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पुर्‍याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकै पटकमा भुक्तानी नपाउदा किसान मारमा परेका छन् ।

    जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखुखेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताए । उनका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा  क्षेत्रफलमा उखुखेती भएको छ ।

    इन्दुशंकर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले पाँच सय २० र सरकारले ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले जानकारी दिए ।

    उखु उत्पादक किसानले सधैँ घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनालीको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij