Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

निम्न आय भएका देशलाई इयूले दश करोड खोप दिने

निम्न आय भएका देशलाई इयूले दश करोड खोप दिने

  • 636
    SHARES
  • निम्न आय भएका देशलाई इयूले दश करोड खोप दिने

    ब्रसेल्स । युरोपेली संघ (इयू) ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । 

    कोरोना भाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप संघले दिने भएको हो । 

    युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस वर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिइन् । 

    विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताइन् । 

    कोरोना भाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij