वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। शनिबार बिहान देउवालाई भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका छन्
।
सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेको माओवादीका एक नेताले बताए ।
स्रोतका अनुसार निर्वाचन अगाडि प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएको चर्चा थियो । तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij