Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विराटनगरमा कर सचेतना अभियान सुरु

विराटनगरमा कर सचेतना अभियान सुरु

  • 286
    SHARES
  • विराटनगरमा कर सचेतना अभियान सुरु

    विराटनगर । विराटनगर महानगरपालिकाले नगरवासीको आवश्यकता पूरा गर्न र कर संकलन गर्न आजदेखि कर सचेतना अभियान सुरु गरेको छ ।

    महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कर्मचारी र सञ्चारकर्मी सम्मलित टोली वडा नं-४ को ढाँटमा आजदेखि सुरु भएको अभियानमा सहभागी थिए ।

    महानगरप्रमुख कोइराला तथा उपप्रमुख कार्कीले सचेतना अभियानअन्तर्गत पसल, उद्योग, घर नक्सा पास, दर्ता, सम्पत्ति कर तिरेको रसिद हेरी समयमै  राजस्व भुक्तान गर्न, पसल दर्ता गर्न र नवीकरण गर्न आग्रह गरे ।

    उक्त अभियान सबै वडामा राजस्वको लक्ष्य पूरा नभएसम्म सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

    सञ्चारकर्मीसँग कुरा गर्दै महानगरप्रमुख कोइरालाले आम्दानीको स्रोतको रूपमा रहेको राजस्व संकलन कम उठेकाले  यसलाई वृद्धि गरी जनताका आधारभूत आवश्यकता पूरा गर्न र विकास निर्माण कार्य पूरा गर्न अभियान सञ्चालन गरिएको बताए ।

    वार्षिक एक अर्ब राजस्व संकलन गर्ने लक्ष्यका साथ महानगरले अभियानलाई सफल बनाउन टेलिभिजन, एफएम, दैनिक, साप्ताहिक पत्रिका, अनलाइनबाट प्रचार प्रसार गर्नाका साथै माइकिङसमेत गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij