Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

तामा, फलाम र सिसा उत्खननका लागि अनुसन्धान सुरू

तामा, फलाम र सिसा उत्खननका लागि अनुसन्धान सुरू

  • 363
    SHARES
  • तामा, फलाम र सिसा उत्खननका लागि अनुसन्धान सुरू

    गुल्मी । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका-८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।

    छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो ।

    सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा.कविराज पौडेलसहित ९ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना संकलन गरेर शनिबार फर्किएको छ ।

    उनीहरूले पुस मसान्तभित्र नमूनाको नतिजा दिने छन् । भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना संकलन गरिएको हो ।

    भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रूपमा रहेको स्थानीय नरु बुढाथोकीले बताए । भार्से गाउँ थाप्ले लेकको काखमा छ ।

    यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् । भार्सेमा १२औँ पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताउँदै आएका छन् ।

    अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ । इतिहासका रूपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरूपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij