Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

२० हजार कर्मचारी कटौती गर्दै अमेजन

२० हजार कर्मचारी कटौती गर्दै अमेजन

  • 504
    SHARES
  • २० हजार कर्मचारी कटौती गर्दै अमेजन

    एजेन्सी । आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्ड्रले रिपोर्ट गरेको छ । यसमा वितरण कार्यकर्ताहरू, कर्पोरेट कार्यकारीहरू, र प्रविधि कर्मचारीहरू समावेश छन् ।

    कटौतीले सबै तहका कर्मचारीहरूलाई हटाउने काममा असर पर्ने जनाइएको छ । अमेजनले १० हजार कर्मचारीहरूलाई बर्खास्त गर्ने योजना बनाएको गत महिना न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको थियो ।

    जुन प्रविधि कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेवाला थियो । तर अब बर्खास्त गरिएका कर्मचारीको संख्या दोब्बर हुन सक्ने रिपोर्टमा जनाइएको छ ।

    अमेजनले विगत केही दिनमा आफ्ना प्रबन्धकहरूलाई उनीहरूले कर्मचारीहरू बीचको कार्यसम्पादनसँग सम्बन्धित विषयहरू पत्ता लगाउन भनेको छ ।

    स्रोतका अनुसार बर्खास्त गरिएका कर्पोरेट कर्मचारीहरूले कम्पनीको सम्झौता अनुसार २४ घण्टाको सूचना र विच्छेदको तलब पाउनेछन् ।

    जागिर कटौतीको बारेमा थाहा पाएपछि कर्मचारीहरू त्रसित बनेका छन् । कटौतीका लागि अमेजनले विशेष विभाग वा स्थानलाई निशाना बनाइरहेको प्राप्त विवरणमा जनाइएको छ ।

    उक्त कदमले व्यापारभरका सम्पूर्ण कर्मचारी प्रभावित हुने जनाइएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij