Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रूपमा समाधान गर्छौ : मन्त्री चौधरी

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रूपमा समाधान गर्छौ : मन्त्री चौधरी

  • 410
    SHARES
  • उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रूपमा समाधान गर्छौ : मन्त्री चौधरी

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन् ।

    महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौंमा अस्थायी रूपमा भए पनि १२ महिना पानी वितरण गर्ने बताएका हुन् ।

    ‘हामीले पटक-पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरूपमा समाधान गर्नेछौँ’, उनले भने । उनले विज्ञहरूको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताए ।

    बाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पकोरूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पकोरूपमा पानी खान सकिने धारणा राखेका थिए । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij