Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढी नियन्त्रण गर्न २० लाख बजेट विनियोजन

बाढी नियन्त्रण गर्न २० लाख बजेट विनियोजन

  • 375
    SHARES
  • बाढी नियन्त्रण गर्न २० लाख बजेट विनियोजन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

    नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम अगाडि बढाइएको हो ।

    चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, वनहरा, दोदा लगायतका ठूला नदी र स-साना खहरे खोलाले प्रत्येक वर्ष विपद् निम्त्याउन थालेपछि नगरपालिका डुबान क्षेत्रको पहिचान गरी परियोजना निर्माण अघि बढाएको हो ।

    परियोजना अन्तर्गत डुबान हुने र नहुने जग्गा पहिचानका लागि सर्वे गरिने नगरपालिकाका प्राविधिक शाखाका प्रमुख दीपक धामीले बताए ।

    ‘जिल्लामा पहिलो डुबान क्षेत्र पहिचान गरी निकासको व्यवस्थापनको काम सुरु भइसकेको छ’, उनले भने, ‘डुबानको समस्याको दीर्घकालीन समाधान गर्ने गरी काम भइरहेको छ ।’

    विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विज्ञको सल्लाह सुझावका आधारमा परियोजना तयार गरिने उनको भनाइ छ । ‘डुबानको उच्च जोखिम र न्यून जोखिमका क्षेत्र पहिचानको कार्य गरी सोही अनुसार योजना निर्माण गरिन्छ’, उनले भने, ‘नगरपालिकाबाट सक्ने काम नगरपालिकाले र नसक्ने काम प्रदेश र संघले गर्नेछ ।’

    परियोजना अन्तर्गत डुबान क्षेत्रको पहिचानसँगै पानी निकासका लागि ढल निर्माण गर भू-क्षय हुने क्षेत्रमा भरपर्दो दिगो रुपमा टिक्ने तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टको भनाइ छ ।

    गत असोज पहिलो साता आएको बाढीले नगरपालिका-११ को वनहरा शिविर, वडा नं-१२ को तिलकी, दुवाहा, एकान्तकुना बस्ती डुबानमा परेका थिए ।

    साथै मनहरा नदीमाथिको झोलङ्गेपुल भत्काउँदा ठूलो नोक्सानी भएको थियो । बाढीको पानी खेतबारीमा पस्दा धान, सखरखण्ड, उखुलगायत बाली किसानले भित्र्याउन पाएका थिएनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij