वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगमा यसबारे उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
‘हामीकहाँ छुट्टै उजुरी आएको थियो। त्यस विषयमा के भएको अनुसन्धान गर्न भनेर हामीले गृह र परराष्ट्र मन्त्रालयलाई लेखिपठाएका छौं,’ भण्डारीले भने।
लामिछानेको नागरिकता र राहदानी विवादबारे गृह मन्त्रालयमा पनि उजुरी परेको छ। उक्त उजुरीपछि अहिले यो विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया थालेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij