Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि दार्चुलाकाे सीमामा तनाव, ४ नेपाली घाइते

भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि दार्चुलाकाे सीमामा तनाव, ४ नेपाली घाइते

  • 601
    SHARES
  • भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि दार्चुलाकाे सीमामा तनाव, ४ नेपाली घाइते

    दार्चुला। दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल-भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो ।

    भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो ।

    आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन् । घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महाकाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij