Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 490
    SHARES
  • माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

    चितवन । भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

    महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागेकाे हो ।

    महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ ।

    विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरेका महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाप्रमुख मेघराज ढकालले बताए ।

    यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुर्याउने महानगरले अपेक्षा लिइएको उनले बताए । अनुदानका लागि किसानले माछापोखरीमा पानी भर्नका लागि प्रयोग भएको विद्युत् मिटरमा उठेको रकम र विद्युत् कार्यालयमा तिरेर रसिद महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ ।

    त्यस्तै व्यावसायिक फर्म महानगरको वडा कार्यालयमा दर्ता गरेको हुनुपर्ने र मिटर फर्मको नाममा दर्ता गरेको हुनुपर्ने प्रमुख ढकालले जानकारी दिए । यस्तै फर्म महानगरपालिका अथवा सेवा केन्द्रमा सूचीकरणसमेत गरेको हुनुपर्ने उनले बताए ।

    महानगरपालिका–१८, २०, २२, २३, २६ लगायतका वडामा व्यावसायिक रूपमा माछापालन गरिएको छ । महानगरपालिकाले माछासँगै र दूधमा पनि अनुदान दिइरहेको छ । प्रतिलिटर दूधमा ३ रूपैयाँ अनुदान दिने कार्यक्रम महानगरपालिकाले सञ्चालन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij