वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अवैध संरचनालाई हटाउन आग्रह गरेको छ ।
महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ ।
महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरूद्ध हुने गरि ढलान गरि बनाइएका स्थायी र्याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरि अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउनुपर्ने सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij