Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बुटवल औद्योगिक प्रदर्शनीको तयारी सुरू

बुटवल औद्योगिक प्रदर्शनीको तयारी सुरू

  • 371
    SHARES
  • बुटवल औद्योगिक प्रदर्शनीको तयारी सुरू

    बुटवल । आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ ।

    रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको यो १५औँ संस्करणको औद्योगिक प्रदर्शनी भएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी आयोजक मूल समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए।

    बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीको तयारीका काम तीव्ररूपमा अगाडि बढाइएको उनकाे भनाइ छ । प्रदर्शनी तयारी अन्तर्गत प्रदर्शनी आयोजनास्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिसकिएको छ ।

    पूर्वाधार निर्माण तथा स्टल दर्ता प्रक्रियाको काम भइरहेको सदस्य सचिव हरिबहादुर खत्रीले बताए । संघका कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्नका लागि विभिन्न ३१ वटा विषयगत समिति गठन गरिएको छ । साथै हालसम्म सयभन्दा बढी स्टल दर्ता भइसकेका छन् ।

    मूल समितिका सहसंयोजक दिलीप सापकोटाको संयोजकत्वमा गठित स्टल दर्ता उपसमितिका सहसंयोजक महेश थैवका अनुसार नयाँ व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादन पनि उत्कृष्ट हुनेछन् ।

    प्रदर्शनीमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइनेछ । प्रदर्शनीमा करिब चार सय स्टल राखिने र प्रकृति अनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था मिलाइने छ ।

    स्वदेशी उद्योगको संरक्षण गर्नुपर्ने सन्देश आमरूपमा फैलाउनुपर्ने दायित्वसँगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पुर्‍याउन एक साझा थलोका रूपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिने गरी तयारीका काम अगाडि बढाइएको मूल समितिका संयोजक पौडेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij