Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

  • 622
    SHARES
  • स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

    काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

    दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन सात मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । 

    स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठीन जित निकाल्न सफल भएको हो । कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए । यस अघि खेलको ६५औं मिनेटमा भिनिसियस जुनियरको गोल अफसाइड भएको थियो । 
    लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ । पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो ।

    दुई खेलमा तीन अंकसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरी सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए ।

    समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij