वेबटिभी खबर
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्रनम्बर–९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई करिब १ हजार मतान्तरले पछि पारेर श्रेष्ठ निर्वाचित भएका हुन् ।
श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij