वेबटिभी खबर
काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर-३ बाट नागरिक उन्मुक्ति पार्टीबा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका गंगाराम चौधरी निर्वाचित भएका छन् ।
गंगारामले नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई हराएका हुन् । गंगारामले २३ हजार १२० मत प्राप्त गर्दा कृष्णकुमारले १७ हजार ७४९ मत ल्याएका थिए ।
यस्तै नेकपा एमालेबाट उम्मेदवारी दिएका गौरीशंकर चौधरी ९ हजार ८७४ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij