Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बागलुङ २ मा गठबन्धनका पौडेलले फराकिलो बनाए अग्रता

बागलुङ २ मा गठबन्धनका पौडेलले फराकिलो बनाए अग्रता

  • 421
    SHARES
  • बागलुङ २ मा गठबन्धनका पौडेलले फराकिलो बनाए अग्रता

    बागलुङ । क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

    प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेकी छिन् ।

    उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहेका छन् ।

    साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij