Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाजुरामा गोली लागेर एकको मृत्यु

बाजुरामा गोली लागेर एकको मृत्यु

  • 397
    SHARES
  • बाजुरामा गोली लागेर एकको मृत्यु

    बाजुरा । बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

    बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।

    उनका अनुसार सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका-९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो ।

    सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो । यस्तै बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगंगा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदान स्थगन भएको छ ।

    बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij