Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुकुम्बासीको प्रश्न- उठिवासको त्रास कहिलेसम्म ?

सुकुम्बासीको प्रश्न- उठिवासको त्रास कहिलेसम्म ?

  • 288
    SHARES
  • सुकुम्बासीको प्रश्न- उठिवासको त्रास कहिलेसम्म ?

    काठमाडौं । संयुक्त सुकुम्बासी मोर्चाले वर्षौंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् ।

    गत शुक्रबार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बाग्मती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।

    बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म बस्नुपर्ने भन्दै प्रश्न गरेका छन् । जहाँको नागरिकता हो त्यहीँ जान सरकारले भनेको भन्दै उनीहरुले काठमाडौंमा कहाँको नागरिकता भएकाले मात्र बस्न पाउने भन्दै प्रश्न गरेका छन् ।

    आफूहरु वर्षौंदेखि बस्दै आएको जमिनबाट हटाउने होइन लालपूर्जा दिनुपर्ने मोर्चाका उपाध्यक्ष राजकुमार पाण्डेले बताए । प्रदर्शनमा सहभागीहरुले ‘उठिवासको त्रास कहिलेसम्म, हामीले अधिकारी खोजेको, हामीहरु विकास विरोधी होइन’ जस्ता प्लेकार्ड बोकेका थिए ।

    DD (10).jpg

    DD (9).jpg

    DD (8).jpg

    DD (7).jpgDD (9).jpg

    DD (6).jpg

    DD (5).jpg

    DD (4).jpg

    DD (12).jpg

    DD (13).jpg

    DD (17).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij