Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बैंक मर्जर हुँदै

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बैंक मर्जर हुँदै

  • 383
    SHARES
  • ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बैंक मर्जर हुँदै

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

    मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

    अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता शेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई जानकारी गराएको छ ।

    दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपछि कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij