Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

साता दिनमै साढे २१ अर्ब बढ्यो निक्षेप

साता दिनमै साढे २१ अर्ब बढ्यो निक्षेप

  • 306
    SHARES
  • साता दिनमै साढे २१ अर्ब बढ्यो निक्षेप

    काठमाडौं । गत साता वाणिज्य बैंकहरूमा २१ अर्ब ४५ करोड रूपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रूपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो ।

    त्यस्तै गत हप्ता ११ अर्ब २५ करोड रूपैयाँले कर्जा प्रवाह घटेको छ। अघिल्लो हप्ता ५६ करोड रूपैयाँ कर्जा बढेको थियो ।

    कात्तिक पहिलो साता वाणिज्य बैंकहरूमा ६ अर्ब २४ करोड रूपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रूपैयाँले कर्जा प्रवाह बढेको थियो ।

    मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरूमा निक्षेप बढेको बैंकर्स एसोसिएसनको अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # बैंक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij