Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कोरोना महामारीविरुद्ध सम्पूर्ण शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

कोरोना महामारीविरुद्ध सम्पूर्ण शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

  • 659
    SHARES
  • कोरोना महामारीविरुद्ध सम्पूर्ण शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । कोरोना भाइरस संक्रमणले सिर्जना गरेको महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमताअनुसार प्रयोग गर्ने सरकारले निर्णय गरेको छ ।

    सिंहदरबारमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 

    ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं,’ मन्त्री ज्ञवालीले भने । खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताए ।

    ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं,’ उनले भने । 

    सीसीएमसीको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले क्वीक रेस्पोन्स टिम बनाउन सीसीएमसीलाई निर्देशन दिएका छन् ।

    बैठकमा प्रधानमन्त्रीले हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्न र पैसाको अभावले कसैको ज्यान जान नहुने पनि बताएको ज्ञवालीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सीसीएमसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij