Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भेडा मर्न थालेपछि किसान चिन्तित

भेडा मर्न थालेपछि किसान चिन्तित

  • 991
    SHARES
  • भेडा मर्न थालेपछि किसान चिन्तित

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् ।

    दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए ।

    दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालको भनाइ छ । ठाडाखानीका पूर्णबहादुर छन्त्याललेकाे वटा १७ भेडा मरेका छन् । यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागतरूपमा भेडापालन हुँदै आएको छ ।

    भेडापालनको पकेट क्षेत्रका रूपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना संकलन गरेको छ ।

    कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीविको संक्रमणका कारण भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको जानकारी दिए ।

    ‘खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैं राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाई र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौं’, उनले भने ।

    भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्यांकीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलकाे भनाइ छ ।

    उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यकपर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij