Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बाग्मतीमा डेंगु संक्रमितको संख्या ३३ हजार बढी

बाग्मतीमा डेंगु संक्रमितको संख्या ३३ हजार बढी

  • 358
    SHARES
  • बाग्मतीमा डेंगु संक्रमितको संख्या ३३ हजार बढी

    काठमाडौं । बाग्मती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

    बाग्मती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौंमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयको तथ्यांकले जनाइएको छ । काठमाडौंमा १३ हजार दुई सय जनामा डेंगु संक्रमण भएका छन् भने रसुवामा आठ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै ललितपुरमा ९ हजार दुई सय, मकवानपुरमा ४ हजार छ सय ६९, भक्तपुरमा ३ हजार ६०, चितवनमा १ हजार आठ सय ५०, धादिङमा ८ सय ६० काभ्रेमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij