वेबटिभी खबर
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले जेठ २३ गतेलाई बोलाएको साधारणसभा भर्चुअल माध्यमबाट हुने बताएका हो ।
साधारणसभाले धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी पनि साधारणसभाले प्रदान गर्नेछ ।
सानिमा लाइफले निष्कासन गर्न लागेको ६० लाख कित्ता आइपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भइसकेको छ ।
जारी पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij