Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

आचरण विपरित काम गर्ने दुईजना सशस्त्र प्रहरी निलम्बित

आचरण विपरित काम गर्ने दुईजना सशस्त्र प्रहरी निलम्बित

  • 320
    SHARES
  • आचरण विपरित काम गर्ने दुईजना सशस्त्र प्रहरी निलम्बित

    काठमाडौं । आचारण विपरित काम गर्ने दुईजना सशस्त्र प्रहरी निलम्बनमा परेका छन् । 

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सहायक प्रबक्ता शैलेन्द्र थापाले बताए । 

    सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याएर कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको भन्दै निलम्बन गरिएको हो । 

    त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरित कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij