Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

  • 387
    SHARES
  • घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।

    बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको दिए ।

    घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij