Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जथाभावी फालिने फोहरले लुम्बिनी दुर्गन्धित

जथाभावी फालिने फोहरले लुम्बिनी दुर्गन्धित

  • 299
    SHARES
  • जथाभावी फालिने फोहरले लुम्बिनी दुर्गन्धित

    लुम्बिनी । विश्व सम्पदासूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं-५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाको ध्यान नपुगेको स्थानीयको आरोप छ ।

    ‘महिलवार, पर्सा र मोगलहालगायतका मुख्य चोक र तेलारनदीमा फलिएका फोहर सडेर यो क्षेत्र दुर्गन्धित र कुरुप देखिएको छ’, स्थानीय व्यापारी बबिन बरइले भने, ‘पर्यटकीय स्थल सफा, सुन्दर र आर्कषक हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।’

    लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए । बजारभरिका फोहर सडक पेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिदै छन्, तर सरोकारवालाले ध्यान नदिएको छैनन् उनले गुनासो गरे ।

    लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं-५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सीस्टैण्ड वरपर फोहरको थुप्रो छ । बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागी लुम्बिनी पुगेका जापानी पर्यटक केंगो नोगुचीले नाक खुम्च्याउँदै भने, ‘फोहरको दुर्गन्धले पर्यटक-पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ ।’

    लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषसमेतले फोहर व्यवस्थापन र सरसफाईका लागि बर्सेनि लाखौं रूपैयाँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको स्थानीयको गुनासो छ । फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ ।

    ‘जथाभावी फालिने फोहरमैलाका कारण त्यसक्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेंगुलगायत रोगले समेत आक्रमण गर्न सक्ने खतरा छ’, लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘फोहर व्यवस्थापन नहुँदा लंकापुरस्थित तेलारनदीको छठघाटमा बर्सेनि हुँदै आएको पूजासमेत प्रभावित हुने खतरा छ ।’

    लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघ संस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन् । स्थानीयस्तरमा लुम्बिनी सरसफाई व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका संघ संस्था पनि लुम्बिनीको सरसफाई र फोहर व्यवस्थापनका लागि सक्रिय छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीले सरसफाई र फोहर व्यवस्थापनका लागि यस आव २०७८/०७९ मा ८० लाख बजेट विनियोजन गरेको छ ।

    दसैँअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाई र फोहर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं-६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, ‘फोहर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ ।’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छठपछि जसरी पनि त्यहाँको फोहर हटाइने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij