Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भोजपुरका किसान पशु बीमामा आकर्षित 

भोजपुरका किसान पशु बीमामा आकर्षित 

  • 359
    SHARES
  • भोजपुरका किसान पशु बीमामा आकर्षित 

    भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरू बीमामा आकर्षित हुन थालेका हुन् ।

    लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बीमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको बताए ।

    २०६० माघ १ गतेदेखि लागू हुने गरी बीमा ऐन, २०४९ को दफा ८ (घ२) अनुसार कृषि विकास मन्त्रालय र बीमा समितिको पहलमा बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछालगायत बाली तथा पशु बीमा सुरु भएको हो ।

    कृषकहरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बीमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बीमा गराउन सक्छन् ।

    मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बीमाप्रति कृषकहरुको आकर्षण बढेको छ ।

    रोग, आगलागी, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपले कृषि पशुपालन व्यवसायमा लगानी डुब्ने खतराबाट सुरक्षित रहन सकिने भएपछि पछिल्लो समय बीमा गराउने किसानको संख्या दिन प्रतिदिन बढेको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले जानकारी दिए ।

    बीमाले आफू जस्ता पशुपालक किसानका लागि पशु सुरक्षा र सुविधाको प्रत्याभुति गराएको भोजपुर नगरपालिकाकी राधा बिश्वकर्माले बताइन् । बाख्राको बीमा गराएकी बिश्वकर्माले पनि बाख्रा मरेपछि बीमा रकम लिएकी थिइन् ।

    यस्तै किसान कुसुम खडकाले पनि पशु बीमा जिल्लामा प्रभावकारी भएको जानकारी दिइन् । पशुको वास्तविक विवरण दक्ष प्राविधिकबाट पुष्टि भएपछि मात्र बीमा गर्न पाउने प्रावधान छ ।

    पशु बीमा गराउन भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका वडामा कृषि र पशु प्राविधिकहरू सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij