Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति ?

कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति ?

  • 469
    SHARES
  • कुन हिमाल  आरोहणका लागि कतिले लिए अनुमति ?

    काठमाडाैं । शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ ।

    विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरूलाई अनुमति दिएको हो । आरोहीहरूले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् । 

    दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ । जसमा १५६ जनाले अनुमति पाएका छन् ।

    सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन् । बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij