वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढोचोस्थत नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा सोमबार बिहान सहभागी भएकी छिन् ।
सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरि टीका र प्रसाद ग्रहण गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij