Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एस्टन भिल्लाका प्रशिक्षक जेरार्ड बर्खास्त

एस्टन भिल्लाका प्रशिक्षक जेरार्ड बर्खास्त

  • 327
    SHARES
  • एस्टन भिल्लाका प्रशिक्षक जेरार्ड बर्खास्त

    काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभिन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० को नतिजा सुम्पिएको थियो ।

    फुलहमको जितमा मिट्रोभिच र रिडले समान एक गोल गरे भने एस्टन भिल्लाका मिङसले एक आत्मघाती गोल गरे । खराब प्रदर्शनसँगै जेरार्ड बर्खास्तीमा परेका हुन् । 

    डिन स्मिथको बर्खास्तीपछि एस्टन भिल्लाले जेरार्डलाई ११ महिना अघि प्रशिक्षकमा नियुक्त गरेको थियो। एस्टन भिल्ला हाल नौ अंकसहित प्रिमियर लिगको १७औं स्थानमा छ । यस सिजन प्रिमियर लिगको ११ खेलमा एस्टन भिल्लाले दुई खेल मात्र जितेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij