Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु

बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु

  • 345
    SHARES
  • बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु

    इन्डोनेसिया । इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

    बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्‍याएको छ ।

    सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरू र घरहरूलाई पनि क्षति पुर्‍याएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई मेड रेन्टिनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

    जनतालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी, पहिरोलगायत प्राकृतिक जोखिमबाट जोगिन आग्रह गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij