वेबटिभी खबर
काठमाडौं । सत्ता गठबनन्धनले चुनावी अभियान सुरु गरेकाे छ । शुक्रबार गठबन्धनका शीर्ष नेताले पोखरा र बुटवलमा हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् ।
पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्न लागेका हुन् ।
पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल बिहीबार नै पोखरा पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता आज पोखरा पुगेका छन् । सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो ।
गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने भएका छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij