Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्यारग्लाइडिङ दुर्घटनामा  ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक

प्यारग्लाइडिङ दुर्घटनामा  ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक

  • 304
    SHARES
  • प्यारग्लाइडिङ दुर्घटनामा  ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक

    कास्की । नवौं राष्ट्रिय खेलकुदका क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ ।

    खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बिहीबार थापाको  मानार्थ स्वर्ण पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरेका हुन् ।

    निसिमको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

    गोरखा स्थायी घर भएका उनी पोखरा-१० बस्दै आएका थिए । नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका उनले खेलकै क्रममा ज्यान गुमाउनु परेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij