Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बुद्धिचालमा आर्मीकी सुजनालाई तीन स्वर्ण

बुद्धिचालमा आर्मीकी सुजनालाई तीन स्वर्ण

  • 330
    SHARES
  • बुद्धिचालमा आर्मीकी सुजनालाई तीन स्वर्ण

    गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छिन् ।

    यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

    प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका ९ खेलमा सबै खेल जित्दै उनले नौ अंक प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको निर्णायक दीपेश गिरीले जानकारी दिए ।

    त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अंकका साथ दोस्रो स्वर्ण जित्न सफल भइन् । आज सम्पन्न र्‍यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अंकका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएको आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij