Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

जलवायु परिवर्तनको असर : एक अर्ब बालबालिका उच्च जोखिममा

जलवायु परिवर्तनको असर : एक अर्ब बालबालिका उच्च जोखिममा

  • 778
    SHARES
  • जलवायु परिवर्तनको असर : एक अर्ब बालबालिका उच्च जोखिममा

    एजेन्सी, स्विडेन । जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका 'अत्यन्त उच्च जोखिममा' रहेको एक अधिकार समूहले बुधबार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । 

    किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइभन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो । 

    पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।

    बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij