वेबटिभी खबर
युक्रेन । रूसले सोमबार बिहान किभमा ‘कामिकाजे ड्रोन’ मानवरहीत विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भाेलाेदाेमिर जेलेन्स्कीले यस आक्रमणलाई झण्डै ८ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेका छन् ।
किभमा सोमबार बिहान ६:३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । ‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन् ।
‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रूलाई नष्ट गर्न थप हतियारहरू चाहिएको’ उनले बताएका छन् ।
रसियाले युक्रेनको राजधानी र देशका विभिन्न शहरहरूमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij