Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

  • 368
    SHARES
  • शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

    प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् । 

    पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए। शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij