वेबटिभी खबर
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका एक युवकलाई पक्राउ परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारू)लाई प्रहरीले पक्राउ गरेको छ ।
गत आइतबार बालिकालाई बलात्कार गरेर फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए ।
आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij