वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिखेर चुनाव प्रसार–प्रचारमा हिँडिरहेका छन् । उनी गृहजिल्ला बाग्लुङ–२ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट शिक्षामन्त्री भएका उनको कार्यकालबारे प्रश्न उठेको छ । विशेषगरी विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ताहरूले प्रश्न गरेका छन् ।
पौडेल मन्त्री भएपछि ठूलो अपेक्षा राखिएको तर अपेक्षा पूरा नभएको बताएका छन् । मन्त्री पौडेलको कार्यकालमा इसीडी शिक्षकको तलब रू २ हजार रूपैयाँ बढाउनुबाहेक अन्य नीतिगत काम हुन सकेको छैन ।
सामाजिक सञ्जालमा विद्यालय कर्मचारी र इसीडी शिक्षकहरू मन्त्री पौडेलको कार्यकालका विषयमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।
लक्स्मेश्वर मण्डल भन्छन्– मन्त्रीज्यू, शिक्षक कर्मचारीले तलब कहिल्यै समयमा पाउँदैनन् । त्यतातिर तपाईंको ध्यान किन गएन ? तपाईंबाट धेरै आशा थियो । हामी निराश भएका छौं ।
गंगा खुलाल अधिकारी भन्छिन्– शिक्षामन्त्रीले सदनमा बोलेका कुरा कार्यान्वयन भएन ।
कमला पाण्डे भन्छिन्– जिउँदै मर्याको भनी नाम कस्को
उद्यमविना वित्दछ काल जस्को
होमबहादुर बुढाथोकी भन्छन्– हाल सम्मकै उत्कृष्ट
हरिप्रसाद दाहाल भन्छन्– अहिलेसम्मका माननिय शिक्षामन्त्रीज्यू जति हुनुहुन्थ्यो उहाँहरू भन्दा सारै प्रगतिमूलक कार्य गर्नुभएको छ । काम गर्ने नयाँ सोच छ उहाँको ।
हरि तिवारी भन्छन्– शिक्षामा सुधारका राम्रा संकेत गर्नुभयो ।
मिलन परियार भन्छन्– पहिलेका मन्त्रीहरूको तुलनामा राम्रो काम गर्नुभएको देखिन्छ ।
हरिश्चन्द्र नेपाली भन्छन्– उहाँले काम गर्न चाहनु भएको हो तर अवरोध गरियो ।
शिक्षामन्त्री भन्छन्– दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लियो
‘विद्यालय कर्मचारी र इसीडी शिक्षकका माग पूरा नगर्नेलाई किन दिने भोट ?’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij