Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

भ्रष्टाचार अभियोगमा सूचीलाई २६ वर्ष जेल

भ्रष्टाचार अभियोगमा सूचीलाई २६ वर्ष जेल

  • 399
    SHARES
  • भ्रष्टाचार अभियोगमा सूचीलाई २६ वर्ष जेल

    ब्याङकक । सेना शासित म्यान्मारको एक अदालतले अपदस्थ नेतृ आङसान सूचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

    अब उनलाई २/३ वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेतृ सूचीलाई २६ वर्षको जेल तोकिएको छ ।

    ७७ वर्षीया सूचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ताकब्जा गरेपछि हिरासतमा राखेको थियो । उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गरेकी छिन् । नेतृ सूचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट ५ लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।

    सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेतृ सूचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेतृ सूचीलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ । जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।

    उनलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्धहरू उल्लंघन गरेको, देशको गोप्य ऐन उल्लंघन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर्याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।

    नेतृ सूचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ ।

    नेतृ सूचीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij