Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

रुरु जलविद्युतको लाभांश आजसम्म कायम शेयरधनीलाई मात्र 

रुरु जलविद्युतको लाभांश आजसम्म कायम शेयरधनीलाई मात्र 

  • 412
    SHARES
  • रुरु जलविद्युतको लाभांश आजसम्म कायम शेयरधनीलाई मात्र 

    काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रायोजनार्थ भोलि अर्थात् असोज २७ गते बुक क्लोज गर्दैछ ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

    उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउँसो १ बजे साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij