Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न राष्ट्रसंघकाे आग्रह

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न राष्ट्रसंघकाे आग्रह

  • 299
    SHARES
  • मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न राष्ट्रसंघकाे आग्रह

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् ।

    उनले मानसिक स्वास्थ्यको उपचार एवम् यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरू निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

    अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनले सो सन्देश दिएका हुन् । उनले विश्वमा हाल मानसिक स्वास्थ्यको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसको रोकथम तथा नियन्त्रणका लागि प्राथमिकता भने कमै मात्र निर्धारण हुने गरेको बताए ।

    एक तथ्यांकअनुसार हाल विश्वमा करिब एक अर्ब मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यको समस्यामा बाँचिरहेको बताइएको छ । विश्वमा मानसिक रोग भएका व्यक्तिहरूको संख्या बढ्दै गएपनि उनीहरूका समस्या बुझ्ने र उपचार गर्ने मानिसहरूको भने पर्याप्त उपलब्धता नरहेको पाइएको छ ।

    संयुक्त राष्ट्रसंघकै एक तथ्यांकअनुसार हाल विश्वका कतिपय देशमा त मानसिक रोग भएका व्यक्तिहरूको उपचार तथा परामर्शका लागि प्रति एक लाख दुई जनामात्र चिकित्सक एवम् स्वास्थ्यकर्मी उपलब्ध भएका देखिएका छन् ।

    त्यसैले यसको उपचारका लागि आवश्यक जनशक्ति र पूर्वाधारको विकासका क्षेत्रमा आवश्यक कार्ययोजना बनाएर अघि बढ्न संयुक्त राष्ट्र संघीय महासचिव गुटरेसले विश्वका देशहरूलाई आग्रह गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij