Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

तीन हाइड्रोपावर कम्पनीकाे लाभांश घोषणा

तीन हाइड्रोपावर कम्पनीकाे लाभांश घोषणा

  • 400
    SHARES
  • तीन हाइड्रोपावर कम्पनीकाे लाभांश घोषणा

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरूले सेयरधनीहरूका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमा रुरु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी हुन् ।

    रुरु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ७ असोजको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    त्यस्तै, अरुण काबेली पावरले यस वर्ष १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

    सानिमा माई हाइड्रोपावरले २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५.२६३२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो ।

  • सम्बन्धित विषय:

  • # लाभांश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij